रेखाको ‘कसले चोर्यो मेरो मन फेरि’


 


rekha-thapa-222काठमाण्डौ, कार्तिक २

रामप्यारीपछि होम प्रोडक्शनलाई केहि विश्राम दिँदै बाहिरि ब्यानरमा काम सुरु गरेकी अभिनेत्री रेखा थापाले पुनः नयाँ फिल्म निर्माणको घोषणा गरेकी छिन् । रेखाले फिल्मको नाम जुराएकी छि्न ‘कसले चोर्यो मेरो मन फेरि’ ।

‘कसले चोर्यो मेरो मन नाममा करिब ६ बर्ष पहिला फिल्म बनेर रिलिजमा आएको थियो । आफै निर्मात्री समेत रहेर छबिराज प्रोडक्शनको सहकार्यमा बनेको उक्त फिल्मको नाम नै सापटी लिँदै अन्तिममा ‘फेरी’ जोडेर रेखा फिल्मस् ले नयाँ प्रोजेक्ट घोषणा गरेको हो ।

फिल्मलाई सबिर श्रेष्ठले निर्देशन गर्ने समेत तय भएको रेखाले बताइन् । माघबाट फिल्म फ्लोरमा जाने र आउँदो दशैंमा रिलिज गर्ने समेत घोषणा गरिएको छ । जुन मितिमा युवा स्टार अनमोल केसीको फिल्म ‘कृ’ पनि रिलिज हुने यसअघि नै घोषणा गरिसकिएको छ ।

‘कसले चोर्यो मेरो मन’ मा अभिनेता आर्यनसँग रेखाले स्कृन सेयर गरेको भए पनि यो पटक आर्यन दोहोरिने छैनन् । फिल्मको लिड हभिनेताको लागी नयाँ अनुहार आउने पक्का भएको छ । जसको लागी नयाँ अनुहारको खोजी भईरहेको समेत बताईएको छ ।

प्रकाशित मिति: २ कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्