आज पनि बढ्यो सुनको मूल्य


 



काठमाडौं, माघ ७
नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला ९२ हजार पाँच सय पुगेको छ ।

सुन हिजो प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय ६० मा पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ४५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: ७ माघ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्