नायक वरूणले सोसल मिडियामा लेखे, ‘जीवनभरीको प्रेम आधिकारिक भयो’



एजेन्सी, माघ १२
बलिउड नायक वरुण धवन तथा फेसन डिजाइनर नताशा दलालको आइतबार मुम्बईमा विवाह भयो ।

वरुण धवन आफैंले सोसल मिडियामा विवाहको तस्बिर सेयर गरेका छन् । उनले उनको जीवनभरीको प्रेम आधिकारिक भएको बताएका छन् । उनीहरुले विवाह गरेको स्थल मेन्शन हाउसमा क्यामरा र मिडियामाथि कडा प्रतिबन्ध लगाइएको थियो ।

विवाहबारे समाचार संकलन गर्न पुगेका मिडियाकर्मीका लागि वरुणले खानाको प्याकेट पठाए । यसबाहेक लड्डु पनि पठाइयो ।

फेब्रुअरी २ तारिखमा मुम्बईको जेडब्ल्यू म्यारियटमा रिसेप्सन हुनेछ । भारतीय मिडियामा प्रकाशित खबरका अनुसार यी नवविवाहित जोडी हनिमूनका लागि टर्की जान सक्छन् ।

नताशा आफैंले डिजाइन गरिन् वेडिङ ट्रूजोः
नताशा फेसन डिजाइनर हुन् । उनी आफ्नै नामको लेबल पनि चलाउँछिन् जुन वेडिङ गाउन र ब्राइडल ड्रेसेजका लागि परिचित छ । यस्तोमा उनले आफ्नो विवाहका लागि आफैंले डिजाइन गरेको पहिरन छानिन् । रिपोर्टमा बताइए अनुसार नताशाले मनिष मल्होत्राको डिजाइन लगाउनेछन् तर मनिषको पहिरन वरुण र उनको परिवारका लागि थियो ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News