आजपनि घट्यो सुनको मूल्य


 



काठमाडौं, माघ १२
नेपाली बजारमा आजपनि सुनको मूल्य घटेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ९२ हजार चार सयमा झरेको छ ।

सुन हिजो प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको मूल्य घटेपनि आज चाँदीको मूल्य भने यथावतनै छ । चाँदी आजपनि प्रतितोला एक हजार दुई सय ६० मा रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: १२ माघ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्