आज पनि घट्यो सुनचाँदीकाे मूल्य


 


काठमाडाैं, माघ १५
नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य सामान्य घटेको छ । आज सुनको मूल्य तोलामा १०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

महासंघका अनुसार आजका छापावाल सुन प्रतितोला ९२ हजार रूपैयाँ काराेबार भइरहेकाे छ । यस्तै तेजाबी सुनको मूल्य आज तोलामा १०० रूपैयाँले नै घटेर तोलाको ९१ हजार ५०० कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज तोलामा पाँच रुपैयाँले घटेर १ हजालर २४५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: १५ माघ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्