काठमाडौं बाहिरबाट पनि सुन वितरण गरिने


 



काठमाडौं, माघ १६
काठमाडौं उपत्यकाबाहिर पनि सुन वितरण हुने भएको छ । काठमाडौंबाट मात्रै सुन वितरण गर्दा व्यापारीलाई समस्या भएको भन्दै अबदेखि उपत्यका बाहिरबाट पनि सुन वितरण गर्न लागिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको छलफलमा बैंकर्स संघका पदाधिकारीले उपत्यकाबाहिर पनि सुन वितरण गर्न सहमति जनाएका हुन् । नेपाल राष्ट्र बैंकले यसअघि नै उपत्यका बाहिरबाट पनि सुन वितरणको व्यवस्था मिलाउने विषयलाई मौद्रिक नीतिमा समावेश गरिसकेको छ ।

यद्यपी हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । जसका कारण उपत्यका बाहिरका व्यवसायले सुन खरिदका लागि काठमाडौं आउनुपर्ने बाध्यता रहँदै आएको थियो । अन्नपूर्णमा खबर छ ।

प्रकाशित मिति: १६ माघ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्