नेपालमा संक्रमण दर घट्दै


 


काठमाडौं, माघ १७
एक महिनायता नेपालमा दैनिक भेटिने नयाँ कोरोना संक्रमितको संख्या ४ सयभन्दा कम छ ।

पछिल्लो एक सातादेखि ३ सय ५० भन्दा कमको संख्यामा संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ ।

तथ्यांकअनुसार दुई महिनायता नेपालमा संक्रमण दर घट्दै गएको छ । कुल संक्रमितमध्ये ९७.९ प्रतिशत निको भइसकेका छन् ।

हाल नेपालभरि ३ हजार ७ सय ९९ जना सक्रिय संक्रमित छन् । तीमध्ये ८ सय ९२ जना संस्थागत आइसोलेसनमा छन् भने १ सय ५० जनाको आइसियुमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हालसम्म ६ लाख ९ हजार ६ सय २६ जनाको पिसिआर परीक्षण भएको छ ।

प्रकाशित मिति: १७ माघ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्