अक्षय कुमारसमेत फिल्मका कलाकार, निर्माताविरुद्ध ऊजुरी दर्ता


 


एजेन्सी, माघ १८
अक्षय कुमार र उनको आउँदो फिल्म ‘बच्चन पान्डे’ को समूह विवादमा घेरिएको छ ।

भारतीय मिडियामा प्रकाशित रिपोर्टलाई विश्वास गर्ने हो भने जेसलमेरमा उनीहरुविरुद्ध कोभिड–१९ को नियमको उल्लंघन गरेको भन्दै ऊजुरी दर्ता भएको छ ।

जेसलमेरका आदित्य शर्मा नामका एक व्यक्तिले वकिल कंवराजसिंह राठौरमार्फत् चिफ ज्यूडिशियल मेजिस्ट्रेटमा ऊजुरी दर्ता गरेको जानकारीमा उल्लेख छ ।

फिल्ममाथि जेसलमेरको छवि धुमिल गरेको पनि आरोपः

कोइमोईको रिपोर्ट अनुसार ऊजुरी पत्रमा फिल्मको सेटमा सयभन्दा पनि बढी काम गरिरहेका छन् र त्यहाँ धेरैजसो २ सयभन्दा बढी मानिसहरुको भीड देखिने गरेको लेखिएको छ । यो कोभिड–१९ को गाइडलाइनको उल्लंघन हो । यसका साथै जेसलमेरलाई उत्तर प्रदेशको एउटा हिस्साको रुपमा देखाइएको छ जसका कारण यहाँ वरिपरिको स्थानबारे गलत धारणा बन्ने र पर्यटनमा नराम्रोसँग प्रभाव पर्ने आरोप लगाइएको छ ।

फिल्मका निर्माता र कलकारमाथि ऊजुरीः

आदित्य शर्माले यो ऊजुरी फिल्मका नायक अक्षय कुमार, अरशद वारसी, कृति सेनन र ज्याकलिन फर्नान्डिजका साथै निर्माताविरुद्ध पनि दिएका छन् । यद्यपि, रिपोर्टलाई विश्वास गर्ने हो भने हालसम्म यो मामिलामा सुनुवाई भएको छैन ।

साजिद नाडियाडवालाको ब्यानरमा बनिरहेको छ ‘बच्चन पान्डे’:

फिल्मको निर्देशन फरहाद सामजीले गरिरहेका छन् । जबकी यसको निर्माण साजिद नाडियाडवालाको ब्यानरअन्तर्गत बनिरहेको छ । फिल्ममा अक्षय कुमार मुख्य भूमिकामा छन् । अभिमन्यू सिंह यसमा भिलेनको भूमिका निभाउनेछन् । फिल्म सन् २०२२ २६ जनवरीमा सिनेमाघरमा रिलिज हुने तयारीसहित बनिरहेको छ ।

प्रकाशित मिति: १८ माघ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्