मलेसियामा प्रतिमहिना औषतमा २३ नेपालीको मृत्यु, धेरैले गर्छन् आत्महत्या


 



दोहा
मलेसियामा प्रतिमहिना औषतमा २३ नेपालीको मृत्यु हुने गरेको पाइएको छ ।

मलेसियामा प्रतिमहिना औषतमा २३ जनासम्म नेपालीको मृत्यु भएको मलेसियास्थित नेपाली दूतावासका द्वतीय सचिव प्रतीक कार्कीले बताएका छन् ।

उनका अनुसार धेरैजसो आत्महत्याका घटना भएका छन् । गत वर्ष मलेसियामा ४६ जना नेपालीले अत्महत्या गरेको कार्कीले बताए ।

गत वर्ष मलेसियामा २ सय ८४ नेपाली श्रमिकको मृत्यु भएको द्वतीय सचिव कार्कीले बताए । उनका अनुसार सन् २०१९ मा २ सय ९८ नेपालीको मृत्यु भएकोमा ४९ वटा आत्महत्याका घटना छन् ।

सन् २०१८ मा पनि ४५ जना नेपालीले आत्महत्या गरेका थिए । सो वर्ष मलेसियामा ३ सय ४५ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: २५ माघ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्