सुनको मूल्य बढ्यो, कति पुग्यो आज ?


 


काठमाडौं, माघ २५
नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढ्दै प्रतितोला ९० हजार ६ सय पुगेको छ ।

सुन गएको शुक्रबारदेखि प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय १० पुगेको छ । चाँदी शुक्रबार प्रतितोला एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २५ माघ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्