आज घट्यो सुनको मूल्य


 



काठमाडौं, २६
नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ९० हजार चार सयमा झरेको छ ।

सुन हिजो प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने बढेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय १५ पुगेको छ ।

चाँदी हिजो प्रतितोला एक हजार तीन सय १० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २६ माघ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्