घटेको घट्यै विदेशी लगानी, तीन कारण जिम्मेवार


 


काठमाडौँ, माघ २७
कोरोनाको कारण विश्वव्यापी रुपमा विदेशी लगानी प्रभावित भइरहेका बेला नेपालमा पनि त्यसको असर देखिएको छ ।

चालु आर्थिक वर्षका ६ महिनामध्ये पाँच महिनामा लगातार प्रत्यक्ष विदेशी लगानी (एफडीआई) घटेपछि यसलाई कोरोनाको प्रभावको रुपमा हेरिएको छ ।

गत पुससम्म मुलुकमा ७ खर्ब ६६ अर्ब रुपैयाँ विदेशी लगानी भित्रिएको छ । गत आर्थिक वर्ष सोही अवधिको तुलनामा यो करिब ३७ प्रतिशतले घटेको हो ।

२०७६ पुससम्म यस्तो लगानी १२ अर्ब २० करोड रुपैयाँ थियो । अहिले खासगरी तीन कारणले विदेशी लगानी घटिरहेको राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए ।

पहिलो कोभिड–१९ का कारण विश्वव्यापीरुपमा विदेशी लगानी घटिरहेकाले नेपालमा पनि त्यसको असर देखिएको हो । दोस्रो, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५’ लगानीकर्ताको अपेक्षाविपरीत (अनुदार) आएकाले धेरै विदेशी लागनी आउन नसकेको हो । तेस्रो, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा विदेशी लागनीको सीमा ५० लाख रुपैयाँबाट बढाएर न्यूनतम ५ करोड रुपैयाँ पुर्याइएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रकाशित मिति: २७ माघ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्