नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त


 


काठमाडौं, माघ २८
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा श्री सन्तोष प्रसाई नियुक्त हुनु भएको छ । संचालक समितिको माघ २७ गते मंगलबार बसेको ३१५ औं बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको हो ।

विगत ३.५ वर्षदेखि नेपाल लाइफसँग आवद्ध रहनुभएका सन्तोष प्रसाईले साउन १ गते देखि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नु भएको थियो । यस अघि पनि बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा ७ वर्ष लामो अनुभव सम्हाल्नु भएको थियो ।

प्रकाशित मिति: २८ माघ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्