सुनको मूल्य घट्यो, कति छ आज ?




काठमाडौं, माघ २९
नेपाली बजारमा आज सुनको मूल्य तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला ९१ हजार पाँच सय रुपैयाँमा झरेको छ ।

सुन हिजो प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय १५ मा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २९ माघ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्