सुनको मूल्य आज पनि घट्यो
काठमाडौं, माघ ३०
नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन आज तोलामा ६ सय रुपैयाँ घट्दै प्रतितोला ९० हजार ९ सय रुपैयाँमा झरेको छ ।
सुन हिजो प्रतितोला ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने घटेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय २० पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति: ३० माघ २०७७, शुक्रबार












