सुनको मूल्य आज पनि घट्यो




काठमाडौं, फागुन २
नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुन आज तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ९० हजार आठ सय रुपैयाँमा झरेको छ ।

सुन हिजो प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने बढेको छ । चाँदी आज तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय ३५ मा पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २ फाल्गुन २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्