सुनको मूल्य आज फेरी घट्यो

काठमाडौं, फागुन ३
नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुन आज तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ९० हजार सात सय रुपैयाँमा झरेको छ ।
सुन हिजो प्रतितोला ९० हजार आठ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनको मूल्य घट्दै गर्दा चाँदीको मूल्य भने बढ्दौ गएको छ । चाँदीको मूल्य आज तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय ४० पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति: ३ फाल्गुन २०७७, सोमबार












