तोलामा ११ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, फागुन ५
नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ८९ हजार आठ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
सुन हिजो प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ४० रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति: ५ फाल्गुन २०७७, बुधबार












