भागरथीको हत्या दिनेश भट्टले नै गरेका हुन् ? यस्तो छ प्रहरीको दाबी




बैतडी, फागुन ६
माघ २१ गते बिहान १० बजे विद्यालय गएकी भागरथी भट्ट दिउँसो करिब २ बजे घरतर्फ फर्केकी थिइन् । उनी फर्किँदा खोँचलेक बजारसम्म पुगेको मान्छेहरूले देखेका थिए । तर, त्यहाँबाट घर नपुगेर उनी हराएको अवस्था थियो ।

खोजतलास गर्दै जाँदा भोलिपल्ट विद्यालयबाट घर जाने बाटोमा पर्ने लवलेक जंगलमा सडकबाट करिब ३० मिटर तल उनी मृत अवस्थामा फेला परिन् । 

घटनास्थलको मुचुल्का गर्दा भागरथीको टाउकोमा चोट थियो । घाँटीमा दबाएजस्तो डाम थियो । खुट्टाको औँलामा नीलडाम र घाउ भएको तथा गोप्य अंगबाट रगत बगेको अवस्थामा उनको शव फेला परेको थियो । 

अहिलेसम्म खुल्न आएका तथ्यअनुसार भागरथी बिहान १० बजे अध्ययनका लागि स्थानीय सनातम धर्म मावि श्रीकोट गएकी थिइन् । पक्राउ गरिएका अभियुक्त पनि त्यही विद्यालयमा पढ्थे । त्यो दिन अन्तिम कक्षा नपढी पौन २ बजे नै विद्यालयबाट घर जान निस्किएका उनी (अभियुक्त) खोँचलेक बजारतर्फ गएका थिए । खोँचलेक बजारमा साथीहरूसँग छुट्टिएर उनी एक्लै चडेपानीस्थित आफ्नो घरतर्फ हिँडे । 

घर फर्किने क्रममा अभियुक्तकोे सिल्ला गाउँमा भागरथीसँग भेट भएको थियो । तर, उनलाई ९भागरथी० पछाडि पार्दै अभियुक्त सरासर लवलेक जंगलको सडकैसडक अगाडि गए । भागरथीलाई मार्ने उद्देश्यसहित उनी घटनास्थल ९लवलेक जंगलको बाटोमा० मा कुरेर बसेका थिए । भागरथी त्यहाँ पुग्नेबित्तिकै उनले सडकबाट तल भीरमा धकेले । र, आफू पनि तल ओर्लेर घाइते भएकी भागरथीको घाँटी अठ्याएर हत्या गरे ।

त्यसपछि पाइन्ट घुँडामुनिसम्म फुकालेर करणी गर्ने कोसिस गरेको, तर त्यत्तिकै छाडेको अभियुक्तले प्रारम्भिक बयान दिएको छ । तर, यसमा हामीले थप अनुसन्धान गरिरहेका छौँ । 

त्यसपछि अभियुक्तले भागरथीसँग भएको मोबाइलको ब्याट्री झिकेर घटनास्थलनजिकै फालिदियो । र, सडकको बाटो हुँदै आफ्नो घरतर्फ गएको अनुसन्धानबाट खुलेको छ ।

भागरथीका दाइबाट आएको जाहेरीअनुसार हामीले अभियुक्तमाथि कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरका आधारमा मुद्दाको अनुसन्धान अघि बढाएका छौँ । 

विगतमा कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा प्रहरी निष्कर्षमा पुग्न नसकेको अवस्थामा यो घटनामा पनि आफन्त, मिडिया, विभिन्न राजनीतिक दल र सर्वसाधारणबाट विभिन्न आशंका व्यक्त भइरहेका थिए । त्यसैले अनुसन्धानलाई तार्किक निष्कर्षमा पुर्‍याउन हामीले दबाबका साथ काम गरिरहेका थियौँ । स्थानीय प्रहरी चौकीमै बसेर घटनाको अनुसन्धान गरेका थियौँ । थप अनुसन्धान अहिले पनि जारी नै छ । 

आरोपितको गतिविधिदेखि उसलाई देखिजान्ने साथीहरू, पीडित परिवारको कुराहरू र समय सन्दर्भका आधारमा पक्राउ गरिएका व्यक्ति नै अपराधमा संलग्न रहेको प्रहरीको निष्कर्ष छ । त्यही आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । अब प्राविधिक अनुसन्धानलगायतका प्रमाणका आधारमा थप अनुसन्धान अगाडि बढ्छ । 

घटनास्थलको प्रकृति र अभियुक्तका गतिविधिका आधारमा यो घटना उसले नै गरेकोमा हामी विश्वस्त छौँ । अहिलेसम्मको अनुसन्धानमा घटनामा एकजना मात्रै संलग्न देखिएको छ । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News