सुनको मूल्य ओरालो लाग्दै, आज पनि घट्यो
काठमाडौं, फागुन ६
नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्दैछ । सुन आज पनि तोलामा ६ सय रुपैयाँ घट्दै प्रतितोला ८९ हजार दुई सय रुपैयाँमा झरेको छ ।
सुन हिजो प्रतितोला ८९ हजार आठ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि आज तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ३५ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।