नृत्य प्रतियाेगिता सम्पन्न


 


भाेजपुर, कार्तिक ४

च्याङ्ग्रेली सद्भाव सेवा समाज शाखा कार्यालय भोजपुरको आयोजना तथा केन्द्रिय कार्यलयको प्रायोजनमा च्याङ्गेमा खुल्ला नृत्य प्रतियोगिता सम्पन्न भएको छ । बुधबार सम्पन्न नृत्यको जेष्ठ तर्फ लाल बहादुर तामाङ्ग, प्रथम र युवा तर्फ प्रथम कालाबन्जर सुनसरीका इसा परियार रहेकाे आयोजक स्रोत उपाध्यक्ष काजीमान थापाले जानकारी दिए ।

कार्यक्रम समाजका अध्यक्ष ओम प्रकाश भुजेलको सभापतित्व तथा उमेशजङ्ग थापा मगरको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । कार्यक्रमका विजेतालाई नगद र प्रमाणपत्र वितरण गरिएको छ ।

प्रकाशित मिति: ४ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्