माफी मागेपछि सहमतिमा टुंगियो पल र अरुणको विवाद


 


काठमाडौं, फागुन १५
नायक पल शाह र चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ का अध्यक्ष अरुण प्रधानविचको विवाद सहमतीमा टुंगिएको छ ।

म्यूजिक भिडियो छायांकनका लागि धरान पुगेका नायक शाह र चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ का अध्यक्ष प्रधानविचको विवाद माफी मागेपछि टुंगिएको हो ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यलय धरानमा भएको छलफलमा अरुण र पलले एक अर्कासँग माफी मागेपछि विवाद सकिएको हो ।

विवाद टुंगिएपछि मिडियाकर्मीसँग कुरा गर्दै पलले दुबै पक्षबाट भएका कमजोरी स्विकार गर्दै माफी मागेपछि विवाद सकिएको बताए । यस्तै, अरुणले पनि पल एक सुपरस्टार नायक भएको भन्दै दुबैले कमजोरी महशुश गरेपछि सहमती भएको बताए ।

धरानमा म्यूजिक भिडियो छायांकनका लागि पुगेका पलले एक रेष्टुरेन्टमा खाना खाने क्रममा आफूलाई दुव्र्यवहार गरेको र कुटपिट गर्न खोजेको आरोप लगाउँदै अरुणले इलाका प्रहरी कार्यलय धरानमा उजुरी दिएका थिए ।

प्रकाशित मिति: १५ फाल्गुन २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्