४० करोडको ह्याण्ड व्याग र २१ करोडको जुत्ताले बनायो विश्व किर्तिमान



40-karor-ko-parsa

एजेन्सी ।

धनी व्यक्तिहरुको महंगो शौकको बारेमा त सुन्नु भएकै होला तर यति महंगो शौक सायद कसैले सोच्नुभएको पनि छैन होला ।

विश्वको सबै भन्दा महंगो यो ह्याण्ड व्यागले सायद सबै महिलाहरुको मन लोभ्याउछ ।

गिनिज बुक अफ वल्र्ड रेकर्डले प्रमाणित गरेको माँवाड १००१ नाइट्स डाइमण्ड पर्सको मुल्य ४० करोड रुपैयाँ भन्दा बढी पर्छ ।

दिलको आकार भएको यो पर्सलाई १८ क्यारेट सुनले सजाएको छ । यसमा ५६ गुलाबी डाइमण्ड, १०५ पहिलो डाइमण्ड, र ४ हजार ३ सय ५६ कलरलेस डाइमण्ड राखिएकोे छ ।

२१ करोडको जुत्ता

jutta

रियलिटी टीभी हस्ट निक क्याननले २०१४ मा विश्वको सबै भन्दा महंगो जुत्ता लगाएको थियो ।

यो एक जोडा जुत्ताको मुल्य २१ करोड रुपैयाँ भन्दा बढी पर्छ । यो टाइम फर्ड जुत्तालाई जैसन अरासेबनले तयार पारेको हो । यसमा १४ हजार

सेतो डाइमण्डलाई सेतो सुनमा जोडेको छ । उक्त हिराको जम्मा क्यारेट वजन ३ सय ४० क्यारेट छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News