हरिवंशले नयाँ फिल्म बनाउने


 


hari-bansa-acharyaकाठमाण्डौ, कार्तिक ६

मह संचारमा लामो समय काम गर्दै चर्चित जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका अभिन्न अंग बनेका प्रदिप भट्टराईलाई लिएर हरिवंशले नयाँ फिल्म बनाउने भएका छन् ।

यहि कार्तिक २६ रिलिज फिल्म ‘जात्रा’बाट ठुलोपर्दाको एक्शन कटमा डेब्यू गरेका प्रदिपलाई लिएर फिल्म बनाउने घोषणा हरिवंशले गरेका हुन् ।

प्रदिपको फिल्म ‘जात्रा’मा समावेश हुने एक गीतमा स्वर भर्दै हरिवंशले यो घोषणा गरे । मह संचारसँगको १२ बर्ष लामो सहकार्यमा प्रदिपको क्षमता र दक्षता नजिकबाट बुझेको भन्दै अब मह संचारबाट बन्ने फिल्म उनलाई नै जिम्मा दिईने भएको हो ।

फिल्म कहिले बन्ने र कलाकार को को रहने टुंगो छैन् । निर्माता, अभिनेता तथा गायक समेत रहेका हरिवंशले ‘जात्रा’मा आफ्नै शब्दको गीत गाएका हुन् । उनको गीत केहि दिनमै सार्वजनिक गरिने बताईएको छ ।

प्रकाशित मिति: ६ कार्तिक २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्