कक्षा ११ को परीक्षाफल प्रकाशित


 



काठमाडौंं, चैत्र ४
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाको नतिजा प्रकाशित गरेको छ। कक्षा ११ को आंशिक÷ग्रेड वृद्धि परीक्षार्थीहरुको परीक्षाफल प्रकाशित गरिएको बोर्डले जनाएको छ।

बोर्डका अनुसार परीक्षामा सम्मिलित परीक्षार्थीमध्य ७८.६३ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन्। परीक्षामा १ लाख ६७ हजार २४१ जना परीक्षार्थी सामेल भएका थिए ।

परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट, नेपाल टेलिकमको वेवसाइट र एसएसएस सेवाबाट हेर्न सकिने बोर्डले जनाएको छ।

नेपाल टेलिकमको १६०० मा NEB<space>Symbol No.टाइप गरी पठाएर नतिजा हेर्न सकिने छ भने १६०१ मा फोन डायल गरी नतिजाबारे जानकारी लिन सकिने छ।

प्रकाशित मिति: ४ चैत्र २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्