पत्रकार योगीको शब्द रचनामा एलिना र भीमको ‘ऐना हेरी हेरी’


 



काठमाडौं, चैत्र ५
पत्रकार शिवराज योगीको शब्द रचनामा संगीतकार तथा गायक भीम बिसी र एलिना चौहानको नयाँ गीत ‘ऐना हेरी हेरी’ सार्वजनिक भएको छ। गीतमा पछिल्लो समयकी चर्चित गायिका एलिना चौहान र भीम बिसीले आवाज सुन्न सकिन्छ । गीतमा संगीत पनि बिसीकै छ ।

उच्च क्वालिटीमा तयार पारिएको गीतको म्युजिक भिडियोको निर्देशन र सम्पादन भने अहिलेका चर्चित निर्देशन प्रविन भट्टले गरेका हुन्। गीतको एरेन्ज विश्व अधिकारीले गरेका छन् भने अजय रेग्मीले छायाङ्कन गरेको भिडियोमा गायिका एलिना र बिसी आफैले अभिनय गरेका छन्।

सहायक निर्देशक सागरबाबु भट्ट रहेको गीत गायक बीसीले आफ्नै अफिसियल युटुब च्यानल भीम बिसी अफिसियलबाट सार्वजनिक गरेका छन्।

छुट्टिएर टाढा बस्न वाध्य प्रेमिल जोडीको मार्मिक कथालाई गीत उतारिएको छ। माया, प्रेम र प्रमिल मान्छेको साथ भएन भने धनले मात्रै मान्छे खुशी र शुखी हुँदैन भन्ने भाव गीतमा समेटिएको छ।

बिसी सांगीतिक क्षेत्रमा पछिल्लो समय निकै चर्चित बन्दै गएका सर्जकका रुपमा चिनिन्छन्।

प्रकाशित मिति: ५ चैत्र २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्