विद्यालय सञ्चालनबारे मन्त्रालयको यस्तो आग्रह, स्थानीय तहलाई अधिकार


 



काठमाडौं, वैशाख ३
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सिफ्टमा विद्यालय सञ्चालन गर्न सरोकारवालालाई आग्रह गरेको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै शिक्षा मन्त्रालयले स्वास्थ्य मापदण्डका सबै उपाय अङ्गीकार गरी विद्यालय चलाउन आग्रह गरेको हो । मन्त्रालयले सकेसम्म दुई सिफ्टमा विद्यालय चलाउन आग्रह गरेको छ।

स्यानिटाइजर, मास्क र साबुन पानीको प्रयोग अनिवार्य गर्न र धेरै विद्यार्थी भएको विद्यालयले विद्यार्थी बाँडेर सिफ्टमा विद्यालय चलाउन आग्रह गरेकोे हो ।

यद्यपि तत्कालै विद्यालय बन्द गर्न नहुने निष्कर्ष निकाल्दै सजगता अपनाउन भने अपिल गरेको छ। मन्त्रालयले विद्यालय बन्द गर्ने अधिकार समेत स्थानीय तहलाई दिएको छ ।

साथै संक्रमण फैलिएको वा संक्रमणको जोखिम उच्च भएको भनी पहिचान गरेका जिल्ला, शहर र स्थान विशेषको हकमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को समन्वयमा सम्बन्धित स्थानीय तहको निर्णय बमोजिम त्यस्ता विद्यालयहरु बन्द वा तोकिए बमोजिम सञ्चालन गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति: ३ बैशाख २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्