नेफ्टा अवार्डको नवौं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक


 


neftaकाठमाण्डौ, कार्तिक ७
चलचित्र प्राविधिक संघको आयोजनामा हरेक बर्ष हुँदै आएको नेफ्टा अवार्डको नवौं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । राजधानीको एक तारे होटलमा आयोजित एक कार्यक्रमका बीच अवार्डमा प्रतिस्पर्धामा रहेका २८ विधाको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो ।

सार्वजनिक मनोनयनमा फिल्म क्लासिक सर्वाधिक बढि विधामा मनोनयनमा छ । उत्कृष्ट फिल्मको दौडमा क्लासिक, कबड्डी कबड्डी, प्रेमगीत, पशुपतिप्रसाद र वडा नम्बर छ प्रतिस्पर्धामा छन् भने उत्कृष्ट निर्देशकको दौडमा क्लासिक बाट दिनेश राउत, कबड्डी कबड्डीबाट रामबाबु गुरुङ, प्रेमगीतबाट सुदर्शन थापा, पशुपतिप्रसादबाट दिपेन्द्र के खनाल र वडा नम्बर छ बाट उज्जल घिमिरे प्रतिस्पर्धामा छन् ।

यस्तै उत्कृष्ट अभिनेताको दौडमा आर्यन सिग्देल, दयाहाङ राई, सौगात मल्ल, नाजिर हुसैन र खगेन्द्र लामिछाने प्रतिस्पर्धामा छन् भने अभिनेत्रीतर्फ नम्रता श्रेष्ठ, पूजा शर्मा, केकी अधिकारी, ऋचा शर्मा र मेनका प्रधान छन् ।

भरतकुमार शाक्य संयोजक रहेको पाँच सदस्यिय जुरीले उत्कृष्ट पाँचको मनोनयन निकालेको हो । नेफ्टा अवार्ड आउँदो पौष ८ मा युएईको दुबईमा हुँदैछ । उत्कृष्ट पाँच मनोनयन सार्वजनिक समारोहमा कांग्रेस नेता तथा परराष्ट्र मन्त्री प्रकाशशरण महत प्रमुख अतिथी थिए ।

प्रकाशित मिति: ७ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्