एसईई र कक्षा १२ को परीक्षा यस वर्ष पनि अनिश्चित


 



काठमडौं, वैशाख २२
माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा यस वर्ष पनि अनिश्चित बनेको छ । परीक्षा सञ्चालन हुन तीन साता बाँकी रहँदा पनि कोभिड–१९ को दोस्रो लहर अझ बढ्दो देखिएकाले दुवै परीक्षा अनिश्चित बनेका हुन् ।

परीक्षा नै अनिश्चित भएपछि शिक्षाविद्हरुले एसईई तथा कक्षा १२ बाहेकका अन्य कक्षाको परीक्षा नलिइकनै कक्षा चढाउनुपर्ने सुझाव दिएका छन् र शिक्षा मन्त्रालयले पनि सोही गृहकार्य गरिरहेको बताइएको छ।

गतवर्ष जस्तो यसबर्ष पनि परीक्षा नहुने हो नि भन्ने विषयले विद्यार्थी, अभिभावक तथा शिक्षक निकै तनावमा छन् । २०७७ सालको राष्ट्रिय जनगणना स्थगित भएको सन्दर्भमा विद्यालय तहका मुख्य मानिएका यी परीक्षा पनि स्थगित हुनसक्ने अनुमान उनीहरुको रहेको छ ।

गत वर्ष परीक्षा सुरु हुनुभन्दा एक दिन अगाडि एसईई स्थगित गरिएको थियो । गत वर्ष कक्षा १० र १२ का विद्यार्थीले पूरै अवधिसम्म पढ्न पाएका थिए । तयारी गरेका थिए । तर यस वर्ष पूरै अवधि पढ्न पाएका छैनन् र कोर्स नै पूरा हुन सकेको छैन ।

गत वर्ष एसईईमा आन्तरिक मूल्याङ्कनका आधारमा र कक्षा १२ मा ४० प्रतिशत भारको लिखित तथा बाँकी अन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा लिइएको थियो ।

प्रकाशित मिति: २२ बैशाख २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्