आफुलाई कुमारी देखाउन यो तरिका अपनाइरहेका छन् महिलाहरु


 


कुमारित्त्वलाई लिएर हाम्रो समाजमा आज पनि धेरै कुरा उठिरहेका हुन्छन् । विहे भन्दा अगाडी प्रत्येक केटीले कुमारी हुन आवश्यक छ । केटीहरुमा कुमारित्त्वले नैतिक दवाब दिइराखेको हुन्छ ।

यस्तो नैतिक दवाबकै कारण धेरै महिलाहरु कुमारी बन्नको लागि धेरै नयाँ नयाँ तरिका अपनाइरहेका छन् । जसमा मुस्लिम महिलाहरु सबै भन्दा अगाडी रहेका छन् ।

जर्मनीको एउटा कम्पनिले फर्जि हाइमन बनाइराखेको छ । खास गरेर मुस्लिम महिलाहरुबीचको यस किसिमको मागको प्रतिस्पर्धाले गर्दा फर्जि हाइमनको बजार फस्टाइरहेको छ ।

युके डेली मेलका अनुसार स्वागरातको दिन आफ्नो कुमारित्त्व प्रमाणित गर्नको लागि फर्जि हाइमनको माग बढीरहेको छ । वर्जिनिया केयर दुई पातलो झिल्लीको प्याकेज बेचिन थालेको छ ।

जर्मनीको यो कम्पनिको व्यापार निकै फस्टाइरहेको छ । मुस्लिम शरणार्थीहरुमा यसको माग खुबै रहेको बताइएको छ । यसका साथै चीनको मध्यपूर्वी बजारलाई पनि लक्षित गरिरहेको छ । तर उसको क्वालिटीलाई लिएर प्रश्न उठेको छ । अब मेड इन जर्मनीको मालामाल छ ।

यस प्रकारको झिल्लीलाई वजाइनामा लगाइन्छ जसले नक्कली रगत निस्कन्छ । यसले गर्दा महिलाहरु आफ्नो पति वा सेक्स पार्टनरको अगाडी आफु कुमारी रहेको प्रमाणित गर्न सक्छिन् ।

फर्जि हाइमनको प्रयोग ती महिलाले पनि गर्छिन् जसले आफ्नो हाइमन टुटेको चिन्ता गरिरहन्छिन् । उनको चिन्ता रगत न आओस् भन्ने हुन्छ ।

एउटा वेबसाइटको विज्ञापन अनुसार कृत्रिम हाइमनको लागि वर्जिनिया केयरमा आउनु अनुरोध गरिएको छ । यो कम्पनिले पुरा विश्वमा आफ्नो फर्जि हाइमन डिलिबर गरिराखेको छ । तर यसको मुख्य ग्राहक युरोप तिरका मुस्लिम महिलाहरु हुन् ।

यो रिपोर्टमा भनिएको छकि खास गरेर महिलाहरु रुढिवादी परिवारमा नै हुन्छन् र यिनीहरुमा कुमारित्त्व प्रमाणित गर्ने नैतिक दवाब रहन्छ ।

वर्जिनिया केयरमा फर्जि हाइमनको मुल्य ५५ सय भन्दा बढी रुपैयाँ पर्छ । यसको ठाउँमा अपरेसनको लागि झण्डै ३ लाख रुपैयाँ खर्च हुन्छ ।
कम्पनिका प्रवक्तका अनुसार यो पुरै तरिकाले सुरक्षित रहेको हुन्छ । यो चिप्लेर निस्कदैन ।

सेक्स गर्ने बेला ठ्यक्कै प्राकृतिक नतिजा निस्कन्छ । रगत शारिरीक द्रवकासँगै निस्कन्छ । कम्पनिले महिलालाई सल्लाह पनि दिएको थियो । ताकि उनलाई पुरै तरिकाले भर्जिन देखाउन सफल होस् भनेर ।

सल्लाहमा महिलालाई दुखेको बाहना गर्नु भनेर सिकाइएको थियो । पूरुषले महिलाहरुबाट आफ्नो पहिलो सेक्समा यस्तै आशा गरिराख्छन् । यस्तो व्यवसायमा कम्पनि पछिल्लो ५ वर्ष देखि लागिरहेको छ । यसले अन्य देशहरुमा पनि सेवा विस्तार गर्दैछ । एजेन्सी

प्रकाशित मिति: ८ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्