अभिनेत्री रोशनी केसीलाई कोरोना संक्रमण



काठमाडौं, जेठ ६
अभिनेत्री रोशनी केसी कोरोना संक्रमित भएकी छन् । केसीमा बुधबार कोरोना संक्रमण पुष्टि भएको हो ।

‘गत हप्ताको मंगलबारबाट मेरो स्वास्थ्यमा समस्या देखिएका थियो । साधारण रुघाखोकी होला भने त्यही अनुसारको औषधी खाएको थिए’, केसीले भनिन्, ‘गत शनिबारदेखि झन् सिरियस बनायो । यो कोरोना नै हो भनेर सजक रहेर छुट्टै बस्दै आएको थिएँ ।’

आफूलाई केही दिन गाह्रो पारेकोले सहज भएपछि बुधबार मात्र कोरोना चेक गराएकी उनको कोरोना पुष्टि भएको बताइन् । उनी अहिले होम आइसोलेसनमा छिन् ।

‘जानी नजानी’ र ‘डा. खाते’ फिल्म समेत निर्माण गरेकी केसी म्युजिक भिडियो समेत निर्देशन गर्दै आएकी छन् । केसी नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको महामन्त्री पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News