गुरमीत नयाँ रुपमा



gurmitकाठमाण्डौ ,कार्तिक ८

टेलीभिजन जगतमा लोकप्रियता हाँसिल गरेपछि चलचित्र क्षेत्रमा कदम राख्ने कलाकार मध्येको एक चर्चित नाम हो गुरमीत चौधरी । गुरमीत आउने वाला फिल्म वजह तुम हो मा एक नयाँ बोल्ड अवतारमा देखिने वाला छन ।
आफु अघि बढ्न चाहेको र नया अवतारमा अभिनय गर्न पाएको मा आफु निक्कै खुशि भएको गुरमीतको भनाई रहेको छ । टेलीभिजन जगतमा निकै चर्चा कमाएका उन्ले फिल्म क्षेत्रमा कदम राखेका हुन ।
टेलीभिजनको पौराणिक कार्यक्रम रामायणमा रामको भुमिका बाट लोकप्रिय बनेका गुरमीत खामोशिया फिलममा मुख्य अभिनयमा देखिएका छन । यसको अलावा उनको गति , पुनर्विवाह , झलक दिखला जा जस्ता चर्चित कार्यक्रममा देखिसकेका गुरमीत लाई प्राय दर्शकले सजिलै सँग चिन्न र रुचाउन सक्छन ।
यो चलचित्र वजह तुम हो लाइ विशाल पांड्यले निर्देशन गरेका हुन भने चलचित्रमा सना खान , सर्मन जोशी र रजनशि दुग्गल लगायतलाई मुख्य भुमिकामा देख्न सकिन्छ ।
फिल्म आउने २ डिसेम्बरमा रिलीज हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News