ऋतिक रोशनले घोषणा गरे ‘कृष-४’



मुम्बई, असार ११
ऋतिक रोशन अभिनित हिट फिल्म ‘कृष’को चौथो सिक्वेल निर्माण हुने भएको छ । अभिनेता ऋतिक रोशनले ‘कृष-४’ फिल्मको घोषणा गरेका हुन् ।

उनले फिल्म ‘कृष’ निर्माण भएको १५ बर्ष पुगेको अवसरमा सामाजिक संजलामा लेखेका छन् ‘पहिलेको कुरा बितिसकेको छ । अब भबिश्य कस्तो लिएर त्यो देख्न बाकी छ ‘कृष ४’ ।’ ‘कृष’ बलिउडमा सफल फ्रेन्चाइ फिल्म मध्य एक हो ।

करिव दुई बर्ष अगाडि ‘कृष-४’ छिट्टै फ्लोरमा निस्किएर २०२०को क्रिसमसमा रिलिज हुने हल्ला चलेको थियो । त्यसपछि निर्माता, निर्देशक राकेश रोशनले अब्ठ्यारो समयका कारण फिल्म रोकिएको बताएका थिए । सो समय उनले फिल्मको लेखन कार्य भइरहेको र ढिला हुने जानकारी दिएका थिए ।

‘कृष’ फ्रेन्चाइसको सुरुवात २००३ मा ‘कोई मिल गया’ फिल्मबाट भएको थियो । यसपछि अन्य दुई फिल्म ‘कृष’ २००६, ‘कृष ३’ २०१३ रिलिज भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News