सलमानको बिग बोस लाई पाकिस्तानमा प्रतिबन्द


 


salman-2222

काठमाण्डौ, कार्तिक ११
पकिस्तान र भारतबीच लामो समय देखि चलिरहेको द्धनदका कारण कलाकार लगायत अन्य क्षेत्रमा पनि ठुलो असर परिरहेको छ । एक देशले अर्को देशका कलाकारलाई समेत देश छाड्न गरेको आग्रह तथा फिल्म पदर्शनीमा समेतलगाएको प्रतिवन्धले राम्रै चर्चा पाएको छ ।

यो बिचमा वलिउडका सुपरस्टार सलमान खानलाई नै रोक लगाएको छ । सलमानलाई सधा प्रवेश रोक भन्दा पनि सल्मानले सञ्चालन गर्दै आएको चर्चित रियालिटी शो बिग बोसलाई पाकिस्तानमा प्रतिबन्ध लगाएको छ ।

भारतिय मिडियाले लेखेको समाचारलाई आधार मान्दा पाकिस्तानले पछिल्लो पटक निकालेको स्टेटमेनटमा बिग बोसको सिजन १० सँगै अन्य ६ चर्चित भारतिय सिरियललाई पनि प्रतिबनध लगाईएको छ । १५ अक्टोबरबाट नै पाकिस्तानमा यो रोक सुरु भइसकेको बताइएको छ ।

मुश्लिम परिवारका सलमानको भारतमा जतिकै फ्यान पाकिस्तानमा पनि रहेको बताइँदै आउँदा सल्मानको शो लाई नै प्रशारणमा रोक लगाइनुलाई आश्चर्य मानिएको छ । यद्धपी सल्मान साग जोडिएको कारण भन्दा पनि भारतका सबै जसो चर्चित टिभी कार्यक्रमलाई प्रशारणमा लगाउने नियम अनुसार सुरुमा यो शो परेको बताईएको छ ।

प्रकाशित मिति: ११ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्