बिदेश 


 


bidesh

गजल
आमाले दिएको खाए झै हुदैन बिदेश,
बाबाले दिएर लाए झै हुँदैन बिदेश !

दु:ख को कमाई छ, पसिना मा डुबि,
आफ्नो मनले चाहे झै हुदैन बिदेश !

डर त्रसले सताउछ, परिश्रम गर्दा,
पाखामा गित गाए झै हुदैन बिदेश !

रातदिन खट्नु पर्छ, झुकाएर शिर,
डिस्को र रोधी धाए झै हुँदैन बिदेश !

तड्पीएर बाँच्नु पर्छ बिछोडमा,
पस्केर खान पाए झै हुदैन बिदेश !

जिउनु पर्छ सम्झनामा आँसु संगै,
मनको महल छाए झै हुदै बिदेश !
इन्द्र (बिरानो मुलुक)

प्रदेशीको वेदना पेजबाट

प्रकाशित मिति: २५ जेष्ठ २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्