नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?


 


काठमाडौं, असार २४
मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ८७५ जना कोरोना संक्रमित थपिएका छन् भने १ हजार २८६ जना कोरोनामुक्त भएका छन् । देशभरका विभिन्न प्रयोगशालामा गरिएका परिक्षणमा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ५ हजार ३७४ पीसीआर परीक्षण गर्दा १ हजार २१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५ हजार १३० परीक्षण गर्दा ६५७ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

यसैगरी, पछिल्लो २४ घण्टामा २९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म ९ हजार ३ सय २० जनाको मृत्यु भएको छ । यसअघि हिजो २८ जनाको मृत्यु भएको थियो।

स्वास्थ्य मन्त्रालयले परीक्षण सरकारी ल्याबहरुमा निःशुल्क भएपनि परीक्षण घटेको जनाएको छ । मन्त्रालयले लक्षण देखिएकाहरुलाई परीक्षण गराउन पनि अनुरोध गरेको छ । यस्तै बिगत केही दिनयता देशभर जारी रहेको निषेधाज्ञा बिस्तारै खुकुलो भएसँगै संक्रमितको संख्या पुन: बढ्दै गएको देखिएको छ।

प्रकाशित मिति: २४ असार २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्