नायिका जेनी कुँवरले आत्महत्या गर्नुअघि लेखेको ‘सुसाइड’ नोट यस्तो छ


 


काठमाडौं, असार २५
नायिका जेनी कुँवरले आत्महत्या गर्नुअघि लेखेको ‘सुसाइड’ नोट प्रहरीले भेटाएको छ ।

प्रहरी स्रोतका अनुसार जेनीको नोटमा भनिएको छ, “पुलिस दाइ नमस्ते । मेरो दिमागी हालत ठिक नभएर आत्महत्या गरेकी हुँ । मलाई घरको सबैले र श्रीमान र छोरीले पनि माया गर्नुहुन्छ । विरामले झनझन गाभ्दै गएकाले मैले आत्महत्या गरेकी हुँ । यो केसमा कसैलाई केही नगर्नुहोला ।”

उनको सुसाइड नोट ‘वेड’मा भेटिएको थियो । सुसाइड नोटमा उनले आफ्नो मुद्दामा कसैलाई केही नगर्न भनेकी छन् ।
उनले बिहीबार साँझ (हिजो) आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी थिइन् ।

निर्मात्री समेत रहेकी जेनीले चलचित्र मैदान, धुम, मिस्टर डन, हलचल, घायल, विन्ती पत्र, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ लगायतमा काम गरेकी छिन् ।

प्रकाशित मिति: २५ असार २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्