यस्ता छन् एनआरएनए जर्मनीको अध्यक्ष उम्मेद्वार निनाम्मा राईका भावी योजना तथा कार्यक्रमहरु


 


गैर आवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको अध्यक्ष पदका लागि निनाम्मा राईले उम्मेद्वारी घोषणा गर्नु भएको छ । जर्मनी एनआरएनएको इतिहासमा नै पहिलो पटक महिला अध्यक्षको रुपमा उहाँको उमेद्वारी घोषणा भएको हो ।

हाल एनआरएनए जर्मनीको उपाध्यक्ष रहनुभएकी राईको उम्मेदवारी घोषणा सँगै आफ्ना भावी योजना तथा कार्यक्रमहरु घोषणा गर्नुभएको छ ।

यस्ता छन् अध्यक्षकी उम्मेद्वार राईका भावी योजना तथा कार्यक्रमहरु

१. आकस्मिक सेवा कोष ( Emergency Fund )

नारा:- तपाईको अमूल्य सहयोगले, कसैको  जीवन सहज वन्न सक्छ !

क्रियाकलाप:-  जर्मनभरी छरिएर रहेका सम्पूर्ण नेपालीहरुको जीवनमा  आईपर्ने आकस्मिक घटनाहरु (जस्तै:- विरामी, दुर्घटना, मृत्यू, निर्दोष हुँदा हुँदै पनि आईपरेका कानुनी झै-झमेलाहरु) लगायत विविध आर्थिक सरोकार विषयहरुलाई तुरुन्तै सम्बोधन गर्नका लागि  आकस्मिक सेवा कोषको स्थापना गरिने छ । जसमा NRNA NCC पदाधिकारी हरुवाट मासिक प्रति व्यक्ति तथा NRNA LCC पदाधिकारीहरुवाट मासिक प्रति संकलन गरी NRNA को आकस्मिक कोष खातामा जम्मा गरिने छ । यसको हिसाव ३-३ महिनामा सार्वजनिक गरिने छ ।

२. डिजिटल NRNA

क. नेपाल पोर्टल

नारा:- शिक्षा, साहित्य र संस्कृति, मुटु-मुटुमा नेपालको आकृति

कृयाकलाप:-  जर्मनमा रहेका नेपाली वालवालिकाहरुलाई अनलाईनको माध्यमवाट नेपाली भाषा पढउन, जर्मनीमा नेपाली कला, संस्कृति तथा प्राकृतिक अनुपमताको प्रवर्धन गर्न तथा जर्मनवासी नेपाली साहित्य अनुरागीहरुको साहित्यिक रचनाहरु सहित गायक अनि कलाकारहरुका प्रतिभाहरुलाई  प्रचार प्रसार गर्न एउटा छुट्टै वेभपेज संचालनमा ल्याईने छ ।

ख. NRNA Germany पोर्टल

नारा:- मेरो संस्था मेरो पहिचान, गर्वका साथ म NRN

कृयाकलाप:- NRNA जर्मनीका गतिविधी, जर्मनीमा पढ्दा, कामगर्दा, ब्यवसाय संचालन गर्दा वा हिंड्दा अपनाउनुपर्ने सावधानीहरु,  कानूनी व्यवस्थाहरु, नेपाल दुतावासले उपलब्ध गराउने सेवाहरु सहित, कसैलाई तुरुन्तै कुनै कुराको जानकारी चाहिएमा सम्पर्क गर्नसक्ने Instantet Messaging System भएको वेभसाईट संचालनमा ल्याईने छ । यो कार्यक्रमवाट विशेष गरेर महिला, विद्यार्थी तथा पेशाकर्मी वढि लाभान्वित हुनेछन् । 

३. NRNA Germany Entrepreneur Forum

नारा:- व्यवसायिक सूचनाको, आधिकारिक चौतारी

क्रियाकलाप:- ब्यवसायी तथा ब्यसाय गर्न चाहनेहरुको फोरम वनाई ब्यावसायीक सुचनाको आदन प्रदान तथा सर-सहयोगको लागि उपर्यूक्त वातावरण निर्माण गरिने छ ।

४. विकासका लागि विज्ञ समुह

नारा:-  सम्बृद्ध नेपालका लागि हाम्रो आवद्धता, लगानी गर्छौ हाम्रा अनुभव र विज्ञता ।

क्रियाकलाप:- यस कार्यक्रम अन्तर्गत हामी निम्न क्षेत्रका विज्ञहरुको समिति निर्माण गर्नेछौं

क. भौतिक पुर्वाधार विकास समिति ( जर्मनीमा वसोवास गर्ने विभिन्न प्रकारका ईन्जिनियरहरु)

ख.  स्वास्थ्य तथा शिक्षा सुधार समिति ( जर्मनीमा वसोवास गर्ने नर्स तथा डाक्टरहरु सहित प्रोफेसर तथा शिक्षा क्षेत्रमा काम गर्ने विज्ञहरु)

ग. कृषि आधुनिकिकरण तथा सुधार समिति ( जर्मनीमा वसोवास गर्ने कृषि अनुसन्धन तथा कृषि क्षेत्रमा काम गरेकाहरु)

घ. विज्ञान, सुचना तथा प्रविधि सुधार समिति ( जर्मनीमा वसोवास गर्ने वैज्ञानिक तथा सुचना प्रविधिको क्षेत्रमा काम गर्ने ब्यक्तित्वहरु)

ङ. उद्योग तथा ब्यापार सुधार समिति ( जर्मनीमा वसोवास गर्ने उद्योगी तथा ब्यापारीहरु)

माथि उल्लेख गरिएका प्रत्येक समितिहरुको बर्षमा कम्तिमा ४ पटक वैठक राखेर योजना, कार्यक्रम तथा सुधारका विषयहरुलाई समेटेर प्रतिवेदन तयार गरिने छ र बैशाख महिनाको पहिलो हप्ता त्यो प्रतिवेदन नेपाल सरकारलाई हस्तान्तरण गरिने छ । जसले निति तथा वजेट निर्माणमा सहयोग पुर्याउने छ ।

५. मातृभूमि परोपकार अभियान

नारा:- मातृभूमिकालागि गरौ योगदान, विकासमा लागि जागरण अभियान

क्रियाकलाप:- नेपालमा हुने प्राकृतिक प्रकोपका घटनाहरु( आगलागी, वाढि पहिरो, भुकम्प, विभिन्न रोग-ब्याधीका महामारीहरु) मा राहत सहयोगलाई चुस्त र पारदर्शी वनाउँदै, सामाजिक समस्याहरु (छाउपढि, दाईजो, वालवालिकाको शिक्षा स्वास्थ्य, बृद्ध बृद्धाको लालनपालन आदि…) मा सहयोग तथा जागरण अभियान संचालन गरिने छ ।

अन्य कार्य-योजनाहरु

१. जर्मनीमा रहेका आम नेपालीहरु विच भावनात्मक रुपमा एकता गराउँदै सामुहिक सहकार्यका लागि प्रेरणा जगाउन नेपाल र नेपाली संग सम्वन्धित कार्यक्रमहरु एकै स्थानमा आयोजना गर्न तथा  नेपाली कला-संस्कृति, भेष-भूषा मौलिक चाड-पर्व, खान-पान  तथा जिवन शैलिका वारेमा अध्ययन तथा प्रत्यक्ष अनुभव गर्न चाहनेहरुको लागि नेपाल सेन्टरको स्थापनाको पहल गर्ने ।

२. जर्मन सरकार र जर्मनी संघ संस्था संग NRNA को सम्वन्ध निर्माण तथा विस्तारका लागि विशेष पहल गर्ने ।

३. नेपाली वालवालिकाहरुको लागि अनिवार्य रुपमा नेपाली भाषा कक्षा संचालनका साथै नेपाली कला-संस्कृति, भेष-भूषा मौलिक चाड-पर्व, खान-पान  तथा जिवन शैलिका वारेमा जानकारी गराउन बर्षमा कम्तिका १ पटक वाल भेलाको आयोजाना गर्न प्रत्येक LCC लाई उत्प्रेरीत गर्ने ।

४. ज्ञान सिपका साथै सुख दु:ख र अनुभवहरु आदान प्रदान गर्ने उद्देस्यका साथ बर्षमा कम्तिका १ पटक अग्रज भेलाको आयोजाना गर्न प्रत्येक LCC लाई उत्प्रेरीत गर्ने ।

५. नेपाली मौलिक चाड-पर्वहरुलाई भब्य अनि ब्यवस्थित वनाउने उद्देस्यले सामुहिकरुपमा सहभागितामुलक चाड-पर्व, उत्सव लगाएतका कार्यक्रम संचालन गर्न  एक संस्था एक कार्यक्रमको अवधारणा अगाडि सारेको छु । जसमा एक संस्थाले एक कार्यक्रम संचालन गर्ने र वाँकि संस्थाले त्यसलाई सफल वनाउन सहयोग गर्नेछ । यी सवैको सुपरिवेक्षण तथा सहजिकरण सम्वन्धित LCC ले गर्नेछ ।

६. जर्मनीमा रहेका हरेक नेपाली परिवारको जन्म, विवाह तथा मृत्यू लगायतका मौलिक परंपरागत संस्कारहरुमा शुभकामना/समवेदना पत्रका साथै आवस्यकता अनुसार अन्य सहयोग गर्दै NRNA प्रति अपनत्वको भावना जगाउने ।

७.   नेपालको ग्रमिण क्षेत्रका किशोरी, गर्भवती तथा सुत्केरी आमाको प्रजनन् स्वास्थ्य, पोषण तथा मनोवैज्ञनिक असरहरू लगायतका  विषयमा जनचेतना अभिबृद्धिका लागि विविध कार्यक्रम संचालन गर्ने ।

८. जर्मनी भरीका हरेक LCC को संयोजनमा प्रत्येक LCC अन्तर्गतका क्षेत्रमा वसोवास गर्ने अग्रज नेपालीहरुका वौद्धिक तथा ब्यवसायीक क्षेत्रमा भोगेका उतारचढाव तथा प्रेरणादयी प्रसंगहरुलाई समेटेर हरेक वर्ष मेरो कथा: भोगाईका गाथाहरु नामक पुस्तक प्रकासन गरीनेछ ।

९. NRNA जर्मनीको स्थापना दिवसको अवसर पारेर प्रत्येक बर्ष डिसेम्वर महिनाभर NRNA नयाँ सदस्यता वितरण तथा पुरानो नविकरण अभियान संचालन गर्ने ।

१०. जर्मनीभर रहेका नेपाली अग्रज अविभावकहरुलाई समेटेर NRN अग्रज समिति (NRN Senior Forum) निर्माण गरी उहाँहरुलाई अविभावकीय भूमिकामा सम्मान दिने ।

११. AUPAIR तथा विद्यार्थीहरुलाई लक्षित गरेर समय समयमा Counselling कार्यक्रमहरु संचालन गर्ने ।

१२. जर्मनीभर रहेका आम यूवा तथा पेशाकर्मीहरुलाई लक्षीत गरेर छोटो अवधिका कुकिङ लगायतका  ब्यायसायीक तालिम कक्षाहरुको संचालन गर्ने ।

१३. माथि उल्लेखित विषयहरु वाहेक, NRNA जर्मनीले विगत देखि संचालन गर्दै आएका राम्रा कामहरुलाई पनि निरन्तरता दिईनेछ ।

प्रकाशित मिति: ३० असार २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्