फिल्म ‘किङ’ को औपचारिक रिलजि घोषणा



nikhil-upretiकाठमाडौं, कात्तिक ११

निखिल उप्रेती स्टारर फिल्म ‘किङ’ को औपचारिक रिलजि तय भएको छ । निर्माण कम्पनि तथा वितरण कम्पनिबाट प्राप्त जानकारी अनुसार फिल्म माघे सक्रान्तिको छेकोमा आउँदो पौष २९ बाट दर्शकमाझ आउनेछ ।

निखिलको ‘किङ’ यसअघि दशैंमा रिलिज हुने भनिए पनि अन्त्यमा रिलिज सरेको थियो । ‘किङ’ पौष २९ मा रिलिजको लागी निर्माण कम्पनिसँग सहमति भएको छ ।

उता निर्माता जयन श्रेष्ठले आफ्नो फिल्म वितरक कायस्थलाई ६० लाख एमजीमा वेचिसकेको दाबी गरेका छन् । रिलिज तयसँगै यो हप्ताबाट नै फिल्मको प्रचार थालनी हुने निर्माता श्रेष्ठले बताए । तोकिएको मितिमा रिलिज हुँदा यो फिल्मसँग ‘कारखाना’ भिड्नेछ ।

सबिर श्रेष्ठ निर्देशित फिल्ममा निखिलसँगै वेनिशा हमाल, अनुपबिक्रम शाही, रुपा राना, प्रस्तुतकर्ता समेत रहेका जगन श्रेष्ठ लिड अभिनयमा छन् । लामो समयको पर्खाईपछि पर्दामा आउँदै गरेका निखिलको यो फिल्म दर्शकमाझ प्रतिच्छित बनिसकेको छ ।

नृत्य निर्देशन भने रामजी लामिछानेको छ भने रुपा राना अनि प्रस्तुतकर्ता जगन श्रेष्ठ स्वयम अभिनयमा छन् । फिल्मलाई सञ्जय लामाले खिचेका हुन् ।

काठमाडौं, लुम्बिनी तथा नगरकोट लगायतका दृश्य समावेश फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ भने दिनेश सुनाम र वसन्त सापकोटाको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News