विहेको १० दिनपछि बेहुलीको पोल खुल्यो, बेहुला अझै बेपत्ता


 


default

एजेन्सी ।

भारतको हरियाणामा एउटा यस्तो घटना घटेको छ जसलाई सुनेपछि जोकोही पनि अचम्म पर्न सक्छन् ।

जहाँ विहे भएको १० दिनपछि बेहुलीको पोल खुल्दा दाम्पत्त्य जोडी नै बेपत्ता भएका छन् ।

छोराको विहेलाई लिएर चिन्तित थिए आमा बुवा

सामाचारमा आए अनुसार तीन जना बहिनीका एक्लै भाई विकासको कतैबाटपनि विहे भइरहेको थिएन । उनको विहे हुन नपाएकोमा आमा बुवा पनि साह्रै चिन्तित थिए ।

ठिक यसै समयमा विकासका बुवा जगदीशको भेट विहे गराउने गिरोहसँग भयो ।

जगदीशले उनलाई आफ्नो छोराको विहे गर्ने इच्छा जाहेर गरे । त्यसपछि गिरोहले उनलाई भने बेहुली त पाइन्छ तर यसको लागि ९० हजार रुपैयाँ खर्च गर्नुहोस् ।

छोराको विहेको सपना दिलमा सजाउनुको लागि विकासका बुवाले पनि उनलाई ९० हजार रुपैयाँ दिए ।

फेरि उनले एउटा केटी देखाइदिए । विकास र उनका आमा बुवाले पनि केटीलाई मन पराइहाले ।

त्यसपछि विकासको धुमधामसँग विहे गरिदिए । विकासमो विहेका सबै नाता दार पनि सहभागी भए ।

विहेको १० दिनपछि खुल्यो बेहुलीको पोल

विहेको १० दिनपछि विहेको खुसी त्यतिखेर दुःखमा परिणत भयो जब बेहुलीले विकासलाई लिएर घरबाट बेपत्ता भए ।

जब घरका मानिस बिहान सबेरै उठे त्यहाँ विकास र बेहुलीलाई घरमा नदेख्दा सबै हैरान भए ।

विकास र बेहुली बेपत्ता भएपछि बल्ल आमाबुवाले सम्झे विकास विहे गराउने गिरोहको सिकार भएको कुरा ।

फेरि आमाबुवाले यो कुरालाई लिएर प्रहरीलाई खबर गरे । त्यसपछि प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेका छन् ।

प्रकाशित मिति: ११ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्