पोनोग्राफी प्रकणमा शर्लिनले खोलिन् यस्ता राज, कुन्द्रासँग यस्तो थियो सम्बन्ध


 


काठमाडौं, साउन २४
पोनोग्राफी प्रकरणमा अभिनेत्री शर्लिन चोपडाले आफ्नो बयान दिएकी छन् । उनलाई मुम्बई प्रहरीको अपराध शाखाले ८ घण्टा लामो समय सोधपुछ गरेको थियो ।

दिउँसो १२ बजेदेखि अपराध शाखामा पुगेकी अभिनेत्री शर्लिनलाई राति ८ बजेसम्म सोधपुछ गरेको हो । उनले राज कुन्द्राको विरुद्ध थुप्रै गम्भीर आरोप लगाएकी छन् ।

शर्लिनको अश्लिल फिल्म निर्माण र प्रशारण गरेको आरोपमा प्रहरीको हिरासतमा रहेका राज कुन्द्राको फर्म ‘आम्र्सप्राइम मिडिया’ सँग सम्झौता थियो । उनी सोही सम्झौताको कपि लिएर अपराध शाखाको अपिस गएकी थिइन् । शर्लिन चोपडालाई प्रर्पटी सेल विभागले १६० सीआरपीसी अन्तरगत सूचना दिएको थियो।

शर्लिनलाई प्रहरीले भिडियो सुटको विषयमा सोधपुछ गरिएको थियो । उनले भनिन्, ‘ प्रहरीले मैले राजसँग कतिवटा फिल्म खेँले भन्ने विषयमा सोधेका थिए । र, ती भिडियोको कन्टेन्ट कस्तो थियो भन्ने विषयमा पनि सोधिएको थियो । यस्तै कुराहरुको जानकारी दिँदादिँदै दिन बित्यो । मैले पोनोग्राफीबाट पीडित सबै महिलालाई न्याय दिलाउन पनि मैले आग्रह गरेँ ।’

शर्लिनले प्रर्पर्टी सेलका अधिकारीहरुलाई कुनै पनि व्यक्ति वा व्यक्तिगत स्वार्थका लागि आफूले बयान नदिएको समेत उल्लेख गरेकी छन् ।

उनले जाँचकर्ताहरुलाई ह्वाटसएप च्याट, सम्झौतापत्र र बयानको रेकर्ड गरेकी थिइन् । शर्लिनले यसको कपि गरेर केस जाँच गरेर महाराष्ट्र साइबर सेलमा जम्मा गरिएको छ । गत जुलाई १० तारिखमा राज कुन्द्रा पक्राउ परेका थिए ।

प्रकाशित मिति: २४ श्रावण २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्