पुरुषमा यौन समस्या भएको ४ संकेत


 


यौन रोगको विषयमा सामान्यताः पुरुष वा महिला जो कोहि पनि खुलेर कुरा गर्न हिच्किचाउँछन् । तर, चिकित्सकहरुले यौन जीवनलाई गम्भीरतापूर्वक लिन सल्लाह दिने गर्छन् । विशेषगरी, नेपाल र भारतजस्ता देशहरुमा यौन स्वास्थ्यको विषयमा खुलेर कुराकानी गर्ने गरिदैन ।

एक एन्ड्रोलोजिस्ट यौनसँग सम्बन्धित रोगका बारेमा पत्ता लगाएर यसको सही उपचार गर्न सक्छ । एन्ड्रोलोजिस्ट एक विशेषज्ञ युरोलोजिस्ट हुन् जसले पुरुषहरुमा प्रजनन् क्षमता र यौन स्वास्थ्यसँग जोडिएका हरेक गम्भीरतालाई बुझ्न सक्छन् । विशेषज्ञका अनुसार यदि कुनै पनि पुरुष यौनसँग जोडिएका चार समस्यासँग जुधिरहेका छन् भने उनीहरुलाई तुरुन्त एन्ड्रोलोजिस्टसँग सम्पर्क गर्न आवश्यक छ ।

शीघ्रपतन
यदि यौनसम्पर्कपछि शीघ्रपतन भइरहेको छ भने तपाईं प्रीम्याच्योर एजकुलेशनबाट पीडित हुन सक्नुहुन्छ । यो समस्या प्रायः कम उमेरका व्यक्तिहरुमा देखिन्छ । यो समस्या धेरै उमेरका मानिसमा पनि हुनसक्छ । युरो–एन्ड्रोलोजिस्ट्सका अनुसार प्रिम्याच्योर एजाकुलेशन धेरै उमेरका मानिसमा इरेक्टाइल डिसफंक्शनको चेतावनी संकेत हो । यसले मानिसमा एन्जाइटी डिसअर्डरको समस्या पनि निम्त्याउन सक्छ ।

यौनसम्पर्क राख्ने इच्छामा कमि
यौनसम्कर्क राख्ने इच्छामा कमि आउनु पनि समस्या मानिन्छ । यो समस्या पुरुष हर्मोन टेस्टोस्टेरोनको मात्रामा कमि हुनुसँग जोडिएको हुन्छ । यद्यपि, शरीरमा टेस्टोस्टेरोनसँग सम्बन्ध हाम्रो सेक्स ड्राइभ, स्पर्म प्रोडक्शन, माशंपेशी, कपाल र हड्डीहरुसँग जोडिएको हुन्छ । चिकित्सकका अनुसार यो हर्मोनले मानिसको शरीर र मस्तिष्कको मुडलाई प्रभावित पार्ने काम गर्छ । डिप्रेशन, एन्जाइटी वा सम्बन्धमा कठिनाइले पनि यौनसम्पर्क राख्ने इच्छामा कमि आएको हुनसक्छ । यसका साथै, मधुमेह, उच्च रक्तचाप, एन्टीडिप्रेसन्ट जस्ता रोगहरुका कारण पनि यौनइच्छामा कमि आउँछ ।

बाँझोपन
बाँझोपनले पनि ४० देखि ५० प्रतिशत योगदान दिने गर्छ । गर्भाधारण गर्न अयोग्य हुने प्रमुख कारण असन्तुलित हर्मोन, भेरिकोसेले र सेक्सुअल डिसफंक्शन हुन् । यसले पुरुषलाई बाँझोपनको शिकार बनाउँछ ।

इरेक्टाइल डिसफंक्शन
यौन सम्पर्कका लागि लिंग उत्तेजित हुन आवश्यक हुन्छ । शारीरिक सम्बन्ध बनाउँदा लिंग उत्तेजित हुँदैन भने यसलाई पनि चिकित्सकहरुले गम्भीर समस्या भएको बताएका छन् । यो समस्या पुरुषको लिंगसम्म रगत प्रवाह नहुँदा यस्तो समस्या आउँछ ।

प्रकाशित मिति: २८ श्रावण २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्