अश्लिल फिल्म प्रकरण : गहनाको जमानत याचिका अदालतद्वारा अस्वीकार


 


काठमाडौं, साउन २९
अभिनेत्री गहना वशिष्ठको जमानत याचिका अदालतले अस्वीकार गरेको छ । अश्लिल भिडियो मामिलामा पक्राउ पर्ने डरले अग्रीम जमानत मागेकी गहनाको जमानत मुम्बईको एक सत्र अदालतले अस्वीकार गरेको हो ।

एक मोडलले शिल्पा शेट्टीका श्रीमान राज कुन्द्राको कम्पनी र गहना वशिष्ठका ३ देखि ४ निर्माता विरुद्ध मालवानी पुलिस स्टेशनमा एफआइआर दर्ता गरेकी थिइन् । पुलिस स्टेशनमा दर्ता भएको उक्त मुद्दा समेत अहिले मुम्बई क्राइम ब्रान्चमा पुगेको छ ।

गहना फेब्रुअरी महिनामा पनि अश्लिल भिडियो छायाँकन र प्रसारणको मामलामा पक्राउ परेकी थिइन् । गहनाको वास्तविक नाम वन्दना तिवारी हो । उनको जन्म छत्तीसगढको चिमरी गाउँमा भएको थियो । उनको सानैदेखि अभिनय र मोडलिङमा रुचि थियो । उनले २०१२ मा मिस एसिया बिकिनीको उपाधि पनि जितेकी थिइन् ।

मिडिया रिपोर्टका अनुसार गहनाले अहिलेसम्म ७० बढी विज्ञापन अभिनय गरिसकेकी छन् । पछिल्लो पाँच बर्षमा उनले साउथका मात्र ३० भन्दा बढी फिल्म अभिनय गरेकी छन् । पछिल्लो समय राज कुन्द्राको मामिलामा उनी लगातार चर्चामा छाउने गरेकी छन् ।

प्रकाशित मिति: २९ श्रावण २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्