२१ वर्षको उमेरमा १२ वर्ष जेठी अमृतासँग विवाह गरेका सैफले सम्बन्धविच्छेदपछि भने, ‘संसारकै नराम्रो चीज’



एजेन्सी, भदौ १
बलिउड अभिनेता सैफ अली खान आज ५१ औं जन्मदिन मनाइरहेका छन् । उनले ५१ औं जन्मदिन मनाइरहँदा जीवनका केही रोचक तथ्यहरु सार्वजनिक भएका छन् । आफूभन्दा १२ वर्ष जेठी अभिनेत्री अमृता सिंहसँग विवाह गरे । उनको विवाहको निर्णयले धेरैलाई आश्चर्यमा पारेको थियो । तर, उनीहरुको विवाह सधैँलाई टिक्न सकेन र सन् २००४ मा सम्बन्धविच्छेद भयो ।

सैफ अलीले अमृतासँग सम्बन्धविच्छेद भएको विषयमा लामो समयसम्म केही बोलेनन् । उनले सम्बन्धविच्छेद भएको १६ वर्षपछि अन्तरवार्ता दिने क्रममा उनले सम्बन्धविच्छेदको बारेमा खुलेर बताएका थिए । उनले छोरी सारा र छोरा इब्राहिमलाई सम्बन्धविच्छेदको बारेमा जानकारी गराउँदा नराम्रो लागेको बताए । उनले भने, ‘ सारा र इब्राहिमलाई सम्बन्धविच्छेदको बारेमा भन्नु मेरो लागि संसारकै सबैभन्दा नराम्रो कुरा थियो । यस्तो पीडादायी क्षण थियो त्यो जुन पल आजसम्म पनि म भुल्न सक्दिन ।’

उनले सम्बन्धविच्छेदको घटनालाई सम्झिँदै त्यस पलले उनलाई कहिल्यै शान्ति नदिएको बताए । उनले भने, ‘ विवाह गर्ने समयमा म २१ वर्षको थिए । अमृता म भन्दा १२ वर्ष जेठी थिइन् । मातापिता पनि विवाहको विरोधमा हुनुहुन्थ्यो ।’ सैफ र अमृताले सन् १९९१ मा विवाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News