कार भित्र नाङ्गो सेल्फी लिँदै गर्दा केटीको कार प्रहरीको कारलाई ठोकिएपछि



एजेन्सी ।

अमेरिकी कलेजकी एक छात्राले चलाउँदै गरेको कारमा टपलेस सेल्फी लिने क्रममा उनको कार प्रहरीको कारसँग ठोक्किएको छ ।

कलेजबाट घर फर्किँदै गर्दा मिरिण्डा रेडरले चलाएको कार प्रहरीको कारसँग ठोक्किएको थियोे ।

ह्युस्टनबाट १ सय ६० किलोमिटर उत्तरमा पर्ने ब्रायनमा बुधबार उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा कोही पनि घाइते भएका छैनन् ।

अमेरिकी प्रहरीका अनुसार १९ वर्षकी रेडरले सामाजिक सञ्जाल स्न्यापच्याटबाट आफ्नो प्रेमीलाई नाङ्गो फोटो पठाइरहेका बेला उक्त दुर्घटना भएको हो ।

दुर्घटनापछि रेडरको कारमा पुग्दा उनले माथिको लुगा नलगाएको पाइएको प्रहरी अधिकारीले जनाएका छन् ।

प्रहरीले ड्राइभिङ गरिरहेका बेला किन लुगा नलगाएको भनेर सोधेपछि उनले रातो बत्ती बलेका बेला स्न्यापच्याटबाट प्रेमीलाई फोटो पठाउनका लागि आफूले सेल्फी खिचेको बताइन् ।

मिरिण्डालाई बिहीबार दुई हजार डलरको जमानतमा रिहा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News