राज कुन्द्रासँग डिभोर्स गर्दै शिल्पा शेट्टी


 


काठमाडौं, भदौ १५
बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्राबीच डिभोर्सको खबर बाहिरिएको छ ।

गत जुलाई १९ मा पोर्नोग्राफी केसमा पति कुन्द्रा पक्राउ परेपछि कानूनी झमेलामा फसेकी शिल्पाले डिभोर्स दिना लागेको बलिउड हंगामाको एक रिपोर्टले बताएको छ।

उक्त रिपोर्टमा शिल्पाकी एक जना साथीले शिल्पाको घरमा चलिरहेका निजी निर्णयहरुबारे खुलासा गरेकी छिन् । शिल्पाकी साथीले भनिन् ‘उनलाई अनुमान समेत थिएन कि यी हिरा डुप्लेक्स बेइमानीको पैसाबाट आइरहेका छन् ।’ उनकी साथीका अनुसार अब शिल्पा राजले दिएका सामानहरु छुन पनि चाहन्नन् ।’

यतै, ती साथीका अनुसार शिल्पा आत्मनिर्भर छिन् र आफू र छोराछोरीको ख्याल राख्न सक्छिन् । तर, यस विषयमा शिल्पाले भने आधिकारिक रुपमा केही भनेकी छैनन् ।

प्रकाशित मिति: १५ भाद्र २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्