नायिका ऋचा शर्मा आमा बनिन्



काठमाडौं, भदौ २३
नायिका ऋचा शर्मा आमा बनेकी छन् । पहिलो सन्तानका रुपमा उनले छोरालाई जन्म दिएकी हुन् ।

ऋचा संलग्न टिभी रियालिटी शो कमेडी च्याम्पियनले उनी आमा बनेको पुष्टिसहित सामाजिक सञ्जालमा बधाइ दिएको छ ।

ऋचाले गत साता कमेडी च्याम्पियनबाट सुत्केरी विदा लिएकी थिइन् । ऋचाले आज राति अस्पतालमा छोरालाई जन्म दिएकी हुन् ।

प्रकाशित मिति: २३ भदौ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्