सुन्दर जोडीको वैवाहिक सम्बन्धमा दरार, सामन्था र नागा चैतन्य डिभोर्स गर्ने मुडमा


 


एजेन्सी, भदौ २७
दक्षिण भारतीय फिल्म इन्डस्ट्रीकी चर्चित अभिनेत्री सामन्था अक्किनेनी डिभोर्सको तयारीमा रहेकी छिन्। सामन्थाको दक्षिण भारतीय फिल्म इन्डस्ट्रीका स्टार नागार्जुनका छोरा स्टार नागा चैतन्यसँग २०१७ मा विवाह भएको थियो।

निकै नि सुन्दर जोडीका रुपमा चिनिएका उनीहरुको केही समयअघिदेखि वैवाहिक जीवन ठिक ढंगले नचलिरहेको खबर सार्वजनिक भएको थियो। समाचारअनुसार यो जोडी सम्बन्धविच्छेदको तयारीमा छन्।

जोडीले हालैमात्र म्यारिज काउन्सलरसँग भेटघाट गरेका छन्। यसको कारण नागाको सन्तान जन्माउने चाहना रहेको तर सामन्था भने आफ्नो करियरको उत्कृष्ट समयमा पुगेकाले तत्काल सन्तान जन्माउन चाहन्नन्।

सन्तान जन्माउँदा फिल्म छाड्नु पर्ने भएकाले उनी फिल्म छोड्न चाहन्नन्। विवाह पछि सामन्थाले सामाजिक सञ्जालमा आफ्नो नामको पछाडि अक्किनेनी लेखेकी थिइन्। तर केही समय अघि सामाजिक सञ्जालबाट अक्किनेनी हटाएपछि उनीहरुको सम्बन्ध बिग्रिएको हुनसक्ने अनुमान भारतीय मिडियाले लगाएका थिए।

प्रकाशित मिति: २७ भाद्र २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्