अजय देवगनले ४०० करोडको फिल्म बनाउने


 


काठमाडौं, भदौ ३१
बलिउड अभिनेता अजय देवगन ‘तान्हाजी द अनसङ्ग वारियर’ र ‘भुजः द प्राइड अफ इन्डियन’ जस्ता ठूला बजेटका फिल्म बनाउनका लागि परिचित छन् । अभिनेता आजकाल आफ्नो एक्सन फ्लिक ‘मेडे’ मा काम गरिरहेका छन् । यस्तोमा अजय देवगनको विषयमा अर्को एउटा खबर सार्वजनिक भएको छ । अजय देवगनले आफ्नो ड्रीम प्रोजेक्टमा काम सुरु गरेको बताइन्छ । यो फिल्मलाई अजय देवगनले ४ सय करोडकामे बजेटसहित बनाउनेछन् ।

अजय देवगनको एक नजिकको स्रोतले पिंकभिल्लालाई भने, ‘अजयको दिमागमा यो विषय निकै लामो समयदेखि थियो र उनले अब यो बनाउनका लागि कदम उठाएका छन् । अजय देवगनले आफ्नो भिजन र बेसिक प्लटलाई थुप्रै लेखकसँग साझा गरेका छन् । यसको स्क्रिनप्लेमाथि काम पनि सुरु भएको छ । फिल्ममा उत्कृष्ट भीएफएक्स र व्यापक इमोशन हुनेछ । अभिनेता यसमाथि अनुसन्धान गर्नका लागि निकै उत्साहित छन् । यो पिरियड फिल्म होइन । यद्यपि, स्क्रिप्टको अन्तिम नतिजामा प्रोजेक्ट निर्भर हुन्छ ।’

अजयका साथै एनवाई भिएफएक्सवालामा उनको टीम पनि यस्तो प्रकारको ठूलो प्रोजेक्ट गर्नका लागि उत्साहित छ । यद्यपि, यो प्रोजेक्टको भविष्य कोरोनाभाइरसमा पनि निर्भर हुन्छ । यो फिल्मको प्रोजेक्ट केही क्षमतावान् लेखकद्वारा लेखिँदैछन् । स्रोतका अनुसार हाल अनुमानित बजेट ४०० करोड भारुभन्दा माथि छ । स्क्रिप्टको आवश्यकता अनुसार यो बजेट थप बढ्न सक्छ ।

प्रकाशित मिति: ३१ भाद्र २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्