पोनोग्राफी प्रकरणमा शिल्पा शेट्टीले बयानका क्रममा खोलेका १० रहस्य


 


काठमाडौं, असोज १
पोनोग्राफी प्रकरणमा व्यवसायी राज कुन्द्रामा जेलमा छन् । उनीमाथि अश्लिल फिल्म बनाएर प्रशारण गरेको आरोप लागेको छ । राज कुन्द्रासँगै यस प्रकरणमा पुनम पाण्डेसहित मोडलहरु पनि मुछिएका छन् ।

राजको पोनोग्राफी प्रकरणका विषयमा अभिनेत्री तथा राजकी पत्नी शिल्पा शेट्टीले पनि बयान दिइन् । शिल्पाले मुम्बईको अपराध शाखालाई दिएको बयान भारतीय सञ्चार माध्यम आज तकले प्रकाशित गरेको छ ।

जसमा शिल्पाले दिएको बयानलाई १० बुँदामा राखिएको छ ।
१. शिल्पा शेट्टीले आम्र्सप्राइम मिडिया कम्पनीको बारेमा जानकारी दिइन् । उनका अनुसार उक्त कम्पनीले छोटा फिल्म बनाउने काम गर्छ । जसमा अभिनेत्रीहरु आफ्ना इच्छा अनुसार प्रस्तुत हुने गर्थे ।

२. आम्र्सप्राइम मिडिया कम्पनीमा राज कुन्द्रा सन् २०१९ मा जोडिएका थिए । यसबाट राज कुन्द्राले राम्रै फाइदा कमाएका थिए । यस कम्पनीमा राजका पार्टनर सौरभ कुशवाहा पनि थिए । तर, उनीहरु केही समयपछि अलग भए ।

३. शिल्पाले उमेश कामथसँग पनि चिनजान भएको स्वीकार गरिन् । उनले उमेश भियान इन्डस्ट्रीजमा काम गर्ने गरेको पनि बताइन् ।

४. उनले उमेश कामथले गहना वशिष्ठसँग मिलेर पोर्न भिडियो बनाएको पनि बताइन् । उनले उक्त भिडियो बेच्ने गरेको र उमेश कामथलाई प्रहरीले पक्राउ गरेको खुलाइन् ।

५. शिल्पाले बोलीफेम एपको बारेमा पनि बताइन् । उनले उक्त एपको बारेमा कुनै पनि जानकारी नभएको बयान दिइन् । बोलीफेम राजको नयाँ प्रोजेक्ट हो । उनी यसका लागि काम गरिरहेका थिए ।

६. शिल्पाले भियान इन्डस्ट्रीमार्फत ह्वाटशप एप बनाएको कुरा थाहा नभएको बताइन् । जसमार्फत पोर्न बनाएर बेच्ने गरिन्थ्यो ।

७. शिल्पाले आफूलाई निर्दोष भएको भन्दै राज कुन्द्राको व्यवसायको बारेमा कुनै पनि जानकारी नभएको बताइन् । उनले राजलाई कुनै पनि कुरा नसोधेको र राजले पनि नबताएको बयान दिइन् ।

८. शिल्पाले भनिन्, ‘म आफ्नै काममा व्यस्त थिएँ । मैले पतिसँग के गर्छौ भनेर कहिल्यै सोधिन । उनले पनि आफ्नो कामको विषयमा कहिल्यै बताएनन् ।

९. शिल्पाले राज कुन्द्राका पार्टनर सौरभ कुशवाहासँग मतभेद भएको र उनीहरु अलग भएको पनि बताइन् ।

१०. शिल्पाले बयानका क्रममा राजसँग कसरी भेटघाट भएको र उनीहरुको विवाहको बारेमा पनि खुलाएकी थिइन् ।

प्रकाशित मिति: १ आश्विन २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्